शनिबार, कात्तिक १, २०८२

महेन्द्रनगरको क्रिकेट मैदान निर्माण कार्य अलपत्र

दुई वर्षअघि यहाँ क्रिकेट मैदान बनाउन माटो भरान कार्यमा लाखौँ खर्च गरेर गरिए पनि अहिले काम अघि बढ्न सकेको छैन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्ड हल परिसरमा अलपत्र निर्माणाधीन क्रिकेट मैदान। दुई वर्षअघि यहाँ क्रिकेट मैदान बनाउन माटो भरान कार्यमा लाखौँ खर्च गरेर गरिए पनि अहिले काम अघि बढ्न सकेको छैन्। 

Kumaribank

दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थाले पनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन।

क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनीयर केशवप्रसाद जोशीले ठेक्कामार्फत क्रिकेट मैदानमा पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ मा ३९ लाख खर्च भएको बताए। ‘त्यसपछि सोही आवमा ३३ लाखको माटो भरान उपभोक्ता समितिमार्फत पनि भयो’, इञ्जिनीयर जोशीले भने, ‘कभर्डहलमा मास्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउनमा ठाउँको पहि समस्या रह्यो।’

दुई वर्षअघि रु एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन। क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ। 

Metro Mart

‘क्रिकेट मैदान बनाउने ठाउँमा माछापोखरी विगतमा बनेकाले पोखरी भरानमै अनावश्यक खर्च भयो’, क्रिकेटका एक खेलाडीले भने, ‘माटो भरानमा लाखौँ खर्च भए पनि यहाँ निर्माण अघि बढाउन सरोकारवाला निकायको चासो देखिँदैन।’ उनले विगत लामो समयदेखि राष्ट्रिय टोलीमा कञ्चनपुरका खेलाडी पर्दै आए पनि गृह जिल्लामा क्रिकेट मैदान बनाउने विषयमा भने यहाँ बेवास्ता हुँदै आएको दुखेसो पाेखे।

त्यसैगरी कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र चन्दले निर्माणाधीन क्रिकेट मैदानको काम अहिले रोकिएको बताए। ‘क्रिकेटका लागि मैदानलगायत संरचना बनाउने राष्ट्रिय खेलकुद परिषद्को आयोजना रहे पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ’, उनले भने, ‘गत वर्षयता निर्माण कार्य अलपत्रजस्तै भएको छ।’

अध्यक्ष चन्दले गत वर्ष पनि रु ७५ लाख निर्माणका लागि बजेट आए पनि काम हुन नसक्दा रकम फ्रिज भएको बताए। ‘चालु आवमा पनि ५० लाख रकम क्रिकेट मैदानका लागि विनियोजन भएको भन्ने छ’, उनले भने, ‘त्यो रकम आएपछि निर्माण प्रक्रिया अघि बढाउने छौँ।’ उनले माथिल्लो निकायबाट पुग्ने गरी बजेट विनियोजन गरेर निर्माणमा सहयोग गर्न आग्रह समेत गरे।

त्यसैगरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम क्षेत्रीय खेलकुदमार्फत हुँदै आएको बताए। ‘अहिले निर्माणको काम अधुरो अवस्थामा छ’, उनले भने, ‘यो वर्ष यहाँ बहुउद्देश्यीय कभर्डहल निर्माणमा समेत प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ।’

सुदूरपश्चिम प्रदेश सरकारले यहाँ बहुउद्देश्यीय कभर्डहल बनाउन चालु आर्थिक वर्षमा आठ करोड रकम विनियोजन गरेको खेलकुद विकास समितिले जनाएको छ। ‘बहुउद्देश्यीय कभर्डहलको कूल लागत अनुमान रु २७ करोडको हो’, भट्टले भने, ‘चालु आवमा बजेट विनियोजन भएकाले नयाँ प्रदेश सरकार आएपछि उक्त काम अघि बढ्छ होला।’    -रासस

प्रकाशित: Jan 06, 2023| 20:30 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।