आइतबार, वैशाख ३०, २०८१

विराटनगरसँग हारेको फारवेस्ट लिग चरणबाट बाहिरियो

नेपाल टी२० लिगमा विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई ३ रनले पराजित गरेको छ। टियु मैदानमा विराटनगरले १४८ रनको लक्ष्य दिएकोमा फारवेस्टले २० ओभरमा ९ विकेट १४४ रनमात्र बनायो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं– नेपाल टी२० लिगमा विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई ३ रनले पराजित गरेको छ। टियु मैदानमा विराटनगरले १४८ रनको लक्ष्य दिएकोमा फारवेस्टले २० ओभरमा ९ विकेट १४४ रनमात्र बनायो।

triton college

फारवेस्टका लागि हशमतुल्लाह शाहिदीले ५८, उमर अलि २३, विनोद भण्डारी र नुर अहमद समान १० रन बनाए। यता विराटनगरका लागि राज नाननले सर्वाधिक ३, सूर्य तामाङले २, कियोन जोसेफ र नन्दन यादवले समान १–१ विकेट लिए।

त्यसअघि विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई जितका लागि १४८ रनको लक्ष्य दिएको थियो।

विराटनगरका लागि हुसेन ५०, विवेक कुमार यादवले ३५,अर्जुन साउदले २२, रोहित पौडेलले २१ रन बनाएका थिए। बलङतर्फ फारवेस्टका लागि उमर अलिले सर्वाधिक २, करण केसी र दुर्गेश गुप्ताले समान १–१ विकेट लिएका थिए। यो पराजयसँगै फारवेस्ट लिग चरणबाट बाहिरिएको छ।

प्रकाशित: Jan 06, 2023| 16:56 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।