शनिबार, कात्तिक १, २०८२

५०० बढी खेलाडीको सहभागितामा हुँदै टेबल टेनिस प्रतियोगिता

प्रतियोगिता ललितपुर महानगर–१२ हःखास्थित मंगलबजार कोटपाटीमा २५ देखि ३० पुससम्म सञ्चालन हुनेछ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं– पुस अन्तिम साता १४औं ‘चौथो मेयर कप’ अन्तरवडा नगद पुरस्कार टेबल टेनिस प्रतियोगिता, २०७४ हुने भएको छ। शुक्रबार युवा क्लब हःखा, ललितपुर महानगर–१२ तथा जिल्ला टेबल टेनिस संघको संयुक्त आयोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

Kumaribank

‘प्रतियोगिता वडा–१२ हःखास्थित मंगलबजार कोटपाटीमा २५ देखि ३० पुससम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ललितपुर महानगरका २९ वडाभित्रका खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन्,’ आयोजकको विज्ञप्तिमा भनिएको छ।

प्रतियोगितामा ५०० बढी खेलाडी सहभागी हुने अनुमान गरिएको आयोजकको दाबी छ। प्रतियोगिताको कुल लागत १६ लाख ५० हजार ६०० मध्ये ५ लाख वडा–१२ बाट तथा ललितपुर महानगरले ३ लाख प्रायोजन गरेको छ। प्रतियोगितामा ३ लाख बराबरको नगद पुरस्कार वितरण गरिनेछ।

प्रतियोगितामा  पुरुष, महिलाका सिंगल, डबल्स साथै भेट्रान्स खेल खेलाइनेछ। क्लबभित्रको आन्तरिक प्रतिस्पर्धा र जुनियरतर्फको प्रतिस्पर्धा गरी १३ विधामा खेल खेलाइनेछ।

प्रकाशित: Jan 06, 2023| 16:18 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।