शुक्रबार, साउन १, २०८३

 झापामा चार वर्षीया बालिका बलात्कृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
झापा- झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी-३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। बालिका र युवकको घर सँगसँगै रहेकाले युवकको नाम खुलाउन नमिल्ने प्रवक्ता बस्नेतले बताए। 

प्रहरीका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई साइकलमा राखेर युवकले घुमाउन लगेका थिए । नाताले मामा पर्ने युवकले घुमाउन लगेको मौका छोपी जलथलको जङ्गलमा बालिकालाई बलात्कार गरेका थिए। 

अपराह्न घर फर्किएकी बालिकाको योनीमा रगत देखेपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले आइतबार राति नै युवकलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए। यसअघि गत साउन २० गते झापाकै अर्जुनधारा नगरपालिका वडा नं २ मा छिमेकी १५ वर्षीय युवकले चार वर्षीया बालिकालाई बलात्कार गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।