मंगलबार, पुस १, २०८२

यू–२० राष्ट्रिय महिला फुटबल टिमबाट ११ खेलाडी बाहिरिए

यू–२० महिला टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार एन्फा कम्प्लेक्समा भएको ४१ तालिम गरिरहेका खेलाडीबाट ११ खेलाडीलाई हटाएका हुन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- यू–२० राष्ट्रिय महिला टोलीको टोली ३० खेलाडीमा समेटिएको छ। यू–२० महिला टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार एन्फा कम्प्लेक्समा भएको ४१ तालिम गरिरहेका खेलाडीबाट ११ खेलाडीलाई हटाएका हुन्।

National life

खुला छनोटबाट प्रशिक्षक गुरुङले ४१ खेलाडीलाई बन्द प्रशिक्षणको प्रारम्भिक टोलीमा बोलाएका थिए। त्यसपछि उनले पहिलो चरणमा ११ खेलाडी घटाएका हुन्। अब नेपाली टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९, २०२३ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ। नेपालसँगै आयोजक बंगलादेश, भारत र भुटानको सहभागीता रहेको प्रतियोगिता लिग कम नकआउट शैलीमा हुनेछ।

राउन्ड रोबिनबाट शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालले पहिलो दिन आयोजक टिमको सामना गर्नेछ। त्यस्तै तेस्रो दिन फेब्रुअरी ५ मा भुटान, फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ। यसअघि नेपालले बंगलादेशमै भएको यू–१५ साफको उपाधि जितेको थियो।

बन्द प्रशिक्षणमा रहेको टोली
गोलकिपरः कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा, सुजाता तामाङ

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र गंगा रोकाया

Laxmi sunrise bank
kumari

मिडफिल्डरः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती हमाल, हिमा रावत र दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द र सदिपा भोलन

प्रकाशित: Jan 06, 2023| 13:11 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।