मंगलबार, पुस १, २०८२

जनकपुर र लुम्बिनी टी२० लिगको क्वालिफायर्समा

काठमाडौंमा जारी नेपाल टी२० लिगमा जनकपुर रोयल्सले लुम्बिनिलाई २३ रनले पराजित गरेको छ। आज भएको पहिलो खेलना जित निकाल्दै जनकपुरले क्वालिफायर्समा लुम्बिनीसँगको भेट सुरक्षित बनाएको हो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौंमा जारी नेपाल टी२० लिगमा जनकपुर रोयल्सले लुम्बिनिलाई २३ रनले पराजित गरेको छ। आज भएको पहिलो खेलना जित निकाल्दै जनकपुरले क्वालिफायर्समा लुम्बिनीसँगको भेट सुरक्षित बनाएको हो। 

National life

१ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो। लुम्बिनीका लागि अनिल शाहले ३५ रन, लाहिरु मिलन्थाले ३२ रन, सुनिल धमला २७ रन, गुलसन झाले अविजित १० रन बनाए। 

उता जनकपुरका लागि ट्राभोन ग्रिफिथले ३ तथा समिउल्लाह शिनवारीले २ विकेट लिए। 

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। जनकपुरका लागि कप्तान ट्राभोन ग्रिफिथले ४७ रन, शरफुदिन असले ३४ रन, खडक बोहोरा २२ रन र शमिउल्लाह शिनवारीले २० रन बनाए। 

लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले दुई दुई विकेट लिए। प्याट ब्राउन र इशाान पाण्डेले एक एक विकेट लिएका थिए। १० खेलमा १६ अंक रहेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा रहेको छ।

Laxmi sunrise bank
kumari

१० खेलमा ७ जित र ३ हार व्यहोरेको जनकपुर १४ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दुवै टोलिले क्वालिफायर्समा स्थान बनाएका छन्।

प्रकाशित: Jan 06, 2023| 12:50 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।