शुक्रबार, साउन १, २०८३

प्रदेश सरकारले एकैदिन पचास हजार बिरुवा रोप्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ को सरकारले एकैदिन ५० हजार विरुवा रोप्ने भएको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको हरित प्रदेश योजना अन्तर्गत प्रदेशभर एकैदिन विरुवा रोप्न लागेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम अनुसार प्रदेश २ का आठ जिल्लामा एकैदिन विभिन्न प्रजातिका ५० हजार बिरुवा रोप्ने निर्णय गरेको छ।

वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश सरकारका सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थित हुने मन्त्रीपरिषद बैठकले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

प्रदेश २ मा वन फडानी तीव्र रुपले बढी रहेकोबेला हरित प्रदेश बनाउने उद्देश्यले यो वृक्षारोपण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । वृक्षारोपण गर्ने स्थानको चयन र कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी वन डिभिजन कार्यालयलाई दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।