काठमाडौं- जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले जितका लागी लुम्बिनी अल स्टारलाई १६० रनको लक्ष्य दिएको छ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिइको निम्तो पाएको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो।
जनकपुरका लागी कप्तान ट्राभोन ग्रिफिथले ४७ रन, शरफुदिन असले ३४ रन, खडक बोहोरा २२ रन र शमिउल्लाह शिनवारीले २० रन बनाए।
लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए त्यस्तै प्याट ब्राउन र इशाान पाण्डेले समान १/१ विकेट लिए।