मंगलबार, पुस १, २०८२

सम्झना कप टेबलटेनिस माघमा

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

National life

आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ। ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो। सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपियाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले वेहोर्ने बताइएको छ।

प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्यान्ड, युएइ, जापान, फ्रान्स, इङ्गल्यान्ड, दक्षिण कोरियाका करबि पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुने छ। एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दस हजार तथा तेस्रोलाई पाँच हजारबाट पुरस्कृत गरिने छ। प्रतियोगितको कूल पुरस्कार राशी पाँच लाख रहेको छ।

प्रकाशित: Jan 06, 2023| 07:04 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।