शुक्रबार, साउन १, २०८३

पेट्रोल-डिजेलको मूल्य अझै बढ्‍ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल)को मूल्य चार वर्षयताकै उच्च विन्दुमा उक्लिएको छ। क्रुड आयलको मूल्य सोमबार ८०.५० अमेरिकी डलर प्रतिब्यारेलभन्दा बढी पुग्यो।
 
सोमबारको कारोबारमा मूल्य ८०.९३ डलरसम्म पुगेको थियो। कच्चा तेलको यो मूल्य नोभेम्बर २०१४ यताकै महँगो हो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतार‌चढावसँगै घरेलु बजारमा पछिल्लो ‌‌‌‌नौ महिनामा पेट्रोलको मूल्य १०२ र डिजेल ७९ रुपैयाँ प्रतिलिटरबाट क्रमश: ११४ र १०१ रुपैयाँ कायम छ। तर, आन्तरिक राजनीतिक ‌‌‌‌‌‌‌‌‌‌कारणले यो मूल्य भारतीय बजारको तुलनामा अझै पनि सस्तो हो। सस्तोमा तेल बेच्नुपर्दा उपभोक्तालाई‌ राहत भए पनि नेपाल आयल निगम पुन: घाटा बेहोर्न बाध्य छ। 

अमेरिकी प्रतिबन्धका कारण इरानको इन्धन निर्यात ओरालो लाग्दै गएपछि विश्वबजारमै इन्धन महँगिएको हो। अमेरिका र चीनबीचको व्यापारिक लडाईंले पनि मूल्यवृद्धिलाई सघाउ पुगेको बजार विश्लेषकहरूको ठम्याइ छ।

अन्तर्राष्ट्रिय ‌‌‌‌‌‌‌‌‌‌समाचार एजेन्सी रोयटर्सका अनुसार ओपेक नेतृत्व साउदीअरब र गैरओपेक सदस्य मुलुक रुसले आइतबार तेल उत्पादन बढाउने तत्काल कुनै सम्भावना नरहेको बताउँदै तेलको भाउ नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आव्हानलार्इ अस्वीकार गरिदिएका छन्।
 
साउदीअरबका ऊर्जामन्त्री खालिद अल फलिहले हालै अलगियर्समा सम्पन्न तेल उत्पादक‌ राष्ट्रका ऊर्जामन्त्रीको भेलाले समेत इन्धन उत्पादन वृद्धि सम्बन्धमा कुनै निर्णय नलिएको जानकारी गराएको रोयटर्सले उल्लेख गरेको छ। 

इरानले सामरिक सुरक्षाका लागि आणविक अस्त्रको उत्पादन र परीक्षण गरेपछि चिढिएका ट्रम्पले गत ७ अगस्टमा इरानविरुद्ध पुन: प्रतिबन्ध घोषणा गर्दै बाँकी विश्वलाई समेत आफ्नो कित्ता स्पष्ट पार्न चेतावनी दिएका थिए। 

आगामी पुससम्ममा क्रुड आयलको मूल्य अझै वृद्धि भएर दक्षिण एसियाली मुलुकको घरेलु बजारमा बजारमा सातदेखि १० प्रतिशतसम्म तेलको भाउ बढ्ने आकलन गरिएको छ। 

फाइनान्सियल सेवा कम्पनी जेपी मर्गनका अनुसार अमेरिकाद्वारा इरानविरुद्ध प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय बजारमा दैनिक १५ लाख ब्यारलका दरले आपूर्ति कटौती ‌‌हुँदै जानेछ।
(एजेन्सीहरूको सहयोगमा)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।