शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिंसा र आतकंका कुरा गर्नु मुलुक विरोधी : मन्‍त्री पोख्रेल

हिंसा र आतकंका कुरा गर्नु मुलुक विरोधी : मन्‍त्री पोख्रेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले हिंसा र आतंकका कुरा गर्ने व्यक्ति मुलुक र जनताको हित विरोधी हुने बताएका छन्। 

मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अवसरमा उनले मुलुकमा हिंसा र आतंकको युग समाप्त भइसकेको बताउँदै अब यस्तो कुरा गर्ने व्यक्ति मुलुक विरोधी हुने बताएका हुन्। 

उनले जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास र समृद्धिका लागि त्यस्ता प्रवृत्तिविरुद्ध सबै एक भएर उभिनुपर्ने बताएका हुन्। 

काबा प्रधानमन्त्री पोखरेलले भने, “राष्ट्रिय मुद्दा र विकास तथा समृद्धिका लागि सबै एक भएर उभिनु जरुरी छ । यो राष्ट्रिय अभियानमा सामेल हुन म सबैमा आग्रह गर्दछु। सबै भाषा, धर्म तथा संस्कृति मान्ने जनता र मुलुकको हितका लागि एकै ठाउँमा उभिनुको विकल्प छैन।'

उनले विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुका साथै त्यहाँ आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ समापन गरे। 

मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्न केन्द्रित हुनुपर्ने बताए। 

काबा प्रधानमन्त्री पोखरेलले आजै नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर अवलोकन गरी जानकारी लिनाका साथै सेनालाई चाहिने हतियारलगायतका सामग्री उत्पादन गर्दै आएको बहुउद्देश्यीय प्लाष्टिक उद्योग अवलोकन गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।