आइतबार, वैशाख ३०, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • टी२० लिगको विवाद मिलाउन वार्तामा बसे राखेप र आईसीसीका प्रतिनिधि

टी२० लिगको विवाद मिलाउन वार्तामा बसे राखेप र आईसीसीका प्रतिनिधि

नेपाल टी२० लिगमा देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् र आईसीसी जुटेका छन्।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाल टी२० लिगमा देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् र आईसीसी जुटेका छन्। नेपाली खेलकुदको सर्वोच्च निकाय राखेप र विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका प्रतिनिधि वार्तामा बसेका हुन्।

त्रिपुरेश्वरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र आईसीसीका सिनियर इन्भेस्टिगेटिभ अफिसर एन्ड्रयु इफग्रेभबीच बैठक बसेको हो।

राखेपले राजधानीमा जारी नेपाल टी२० लिग क्रिकेटमा देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ। परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले परिषद्का कार्यकारी समिति सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन्।

राखेपले कार्यदललाई सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। विदेशी खेलाडीको श्रमस्वीकृति र प्रतियोगिता सञ्चालनको सम्बन्धमा परिषद्ले मागेको कागजात क्यानले उपलब्ध नगराएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत राखेपले विज्ञप्तिमा जनाएको छ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टी२० क्रिकेट लिगमा सहभागी ६ वटा टिमबाट खेल्ने विदेशी खेलाडीको श्रमस्वीकृतिबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग जवाफ मागेको छ। लिगमा श्रमस्वीकृति नलिई विदेशी खेलाडी सहभागी भएकोबारे उजुरी परेपछि अख्तियारले विभागसँग जानकारी मागेको हो।
‘त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भइरहेको टी२० क्रिकेट लिगमा विदेशी खेलाडी श्रमस्वीकृति तथा अनुमतिबिना खेलिरहेको विषयमा परेको उजुरीका सम्बन्धमा सात दिनभित्र सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया यस आयोगको महाशाखा नम्बर ९ मा प्राप्त हुने गरी उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ,’ आयोगले भनेको छ।
नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी नेपाल टी२० लिगमा म्याच फिक्सिङको कुरा उठेपछि अख्तियारले यसबारे पनि अनुसन्धान गरिरहेको छ।
मंगलबार बिहान नेपाल टी२० का कमेन्टेटर सचिन तिमल्सेनाले फिक्सिङ भइरहेको दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। मंगलबार नै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलाएका थिए।
फिक्सिङको चर्चा चलेपछि गृह मन्त्रालयले अनुसन्धान अगाडि बढाउन अख्तियारलाई पत्र लेखेको छ। यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एन्टी करप्सन युनिटका प्रतिनिधिले पनि केही खेलाडीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले भने म्याच फिक्सिङ र स्पट फिक्सिङको भ्रम फैलाइएको दाबी गरेको छ। क्यानले विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पट फिक्सिङबारे क्यानको ध्यानाकर्षण भएको जनाएको हो। त्यस्तै, उसले यो सूचना दिने कामलाई राष्ट्रकै नाममा ठेस पुर्याउने कदम भएको दाबी गरेको छ। कसैसँग म्याच फिक्सिङ र स्पट फिक्सिङको सूचना भए क्यानको केन्द्रीय कार्यालय वा लिगको एन्टी करप्सन युनिट (एसीयू) मा सूचना दिन अनुरोध पनि गरेको छ।
‘म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ,’ क्यानले सूचनामा लेखेको छ।
यसअघि विभिन्न क्रिकेट सम्बद्ध मानिसले लिगमा फिक्सिङ भएको आरोप लगाइरहेका छन्। यस विषयलाई लिएर नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान मानिएका पारस खड्काले पनि सामाजिक सञ्जालमा लेखेका थिए। ‘नेपाल टी२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेलाडीहरुको वर्षौंदेखिको लगाव, खेलप्रेमीको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाई यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्याएको छ।’
यो प्रतियोगितामा  खेलाडीको श्रमस्वीकृतिको विषयलाई लिएर आलोचना भइरहेको छ। त्यस्तै गृहमन्त्री रवि लामिछानेले घटनाबारे छानविन गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएका छन्।
प्रकाशित: Jan 05, 2023| 14:12 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।