आइतबार, चैत १९, २०७९

कर्णालीमा सरकार गठन गर्न २७ पुससम्मको समय

कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका हुन्।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं-  कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका हुन्।

National life insurance

प्रदेशसभामा संविधानको धारा १६८ उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले उपधारा २ बमोजिम बहुमत प्राप्त गर्न सक्ने गरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्न आह्वान गरिएको हो। ४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन्। सहभागी दलहरूमध्ये कसैले पनि सरकार गठन गर्नेगरी बहुमत ल्याएका छैनन्।

प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। यस्तै, राप्रपा र नेकपा (एस) बाट एक/एक जना सांसद छन्। जुम्लाबाट एक जना स्वतन्त्र सांसद कर्णाली प्रदेश सभामा सहभागी छन्।

केन्द्रको सत्ता समीकरणअनुसार कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ। प्रदेशमा सरकारको नेतृत्व लिने विषयमा विवाद छ। दुवै दलका मुख्यमन्त्रीका दाबेदार छन्।


प्रकाशित: Jan 05, 2023| 01:31. 38 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।