शुक्रबार, फागुन १, २०८२

सोतोकान र क्योकुसिन टोली आज भारत जाँदै

प्रथम अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको टोली बिहीबार भारतको गुहाटी प्रस्थान जाँदैछ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- प्रथम अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको टोली बिहीबार भारतको गुहाटी प्रस्थान जाँदैछ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले हिजो बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।

संघका महासचिव एवं ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठको नेतृत्वमा १५ खेलाडीसहित २१ सदस्यीय टोली भारत जान लागेको हो।  त्यस्तै, भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने सोतोकान टोली पनि आजै कोलकाता प्रस्थान गर्दैछ।

उक्त टोलीलाई पनि हिजो बुधबार राखेपमा विदाइ  गरिएको हो। जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। नेपाल सोतोकान कराते संघका महासचिव श्याम शेर्पाको नेतृत्वमा खेलाडीसहित ६२ सदस्यीय टोली बिहीबार कोलकाता प्रस्थान गर्दैछ।

प्रकाशित: Jan 05, 2023| 12:26 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।