काठमाडौं– त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल टी२० लिगअन्तर्गत आज भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरले पाएको लक्ष्य पोखरा एभेन्जर्सलाई ६६ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गरेको हो।
जनकपुरका लागि सरफुदिन असरफ ३७ रन , कप्तान ट्राभोन ग्रिफिथ १७ रन र पवन सराफे ४ रनमा अविजित रहे। पोखराका लागि कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए। त्यसअघि जनकपुरले पोखरा विरुद्ध जितका लागि ६९ रनको सामान्य लक्ष्य दिएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रनमात्र बनायो। पोखराका लागि सिद्धान्त लोहनी १७, आसिफ शेख र कुशल मल्लले समान १६–१६ रन बनाए।
जनकपुरका लागि सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २–२ विकेट लिए।
यो जितसँगै जनकपुरले प्लेअफमा स्थान बनाएको छ।