काठमाडौं- काठमाडौंमा जारी नेपाल टी-ट्वान्टी लिगमा जनकपुरले पोखराविरुद्ध जितका लागि ६९ रनको सामान्य लक्ष्य पाएको छ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनायो।
पोखराका लागि सिद्धान्त लोहनी १७, आसिफ शेख र कुशल मल्लले समान १६/१६ रन बनाए।
जनकपुरका लागि सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २/२ विकेट लिए।
आजको खेल जिते जनकपुर प्ले अफमा पुग्ने छ। पोखरालाई प्ले अफमा पुग्नका लागी आजको खेल जित्नै पर्ने दबाब छ।