बिहीबार, असार १८, २०८३

इन्टर मिलानलाई सिजनकै पहिलो हार

इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ। इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं- इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ। इडेन जेकोको एक मात्र  गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो। 

५६औं मिनेटमा जेकोले गरेको गोलमा इन्टरले अग्रता लियो। पहिलो हाफमा फेर्डिको डिमार्को र रोमेलु लुकाकुले गोलको अवसर गुमाउँदा इन्टरले अग्रता लिने अवसर गुमाएको थियो।

अप्रिल २०२२ मा इम्पोलीलाई ३–२ को नतिजा सुम्पिएपछि सिरी ए मा नेपोलीको यो पहिलो हार हो। जारी सिजन सिरी ए ले १५ खेलमा १३ जित र दुई बराबरीको नतिजा निकालेको थियो। १६औं खेलमा इन्टरको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

नेपोली १६ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानको एसी मिलानभन्दा पाँच अंक बढी हो। तेस्रो स्थानको युभेन्टसको ३४ र चौथो स्थानको ३३ अंक छ। पाँचौ स्थानको लाजियोको ३० अंक छ। 


प्रकाशित: Jan 05, 2023| 09:25 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।