शुक्रबार, साउन १, २०८३

मंगलबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्‍ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दशैंका लागि अग्रिम टिकट बुकिङ मंगलबारबाट खुल्ने भएको छ। नेपाल यातायात व्यवसायी महासंघको बैठकले असोज ९ गतेबाटै टिकट बुकिङ खुला गर्ने निर्णय गरेको महासंघका उपमहासचिव डेकनाथ गौतमले बताए।

यसअघि असोज ५ गतेबाट नै अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवसायीले बुकिङ रोकेका थिए। 

सरकार र यातायात व्यवसायीबीच ६ असोजमा १० प्रतिशत गाडी भाडा बढाउने सहमति भएको थियो।

सरकारले सिन्डिकेट अन्त्य गर्नेक्रममा यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाता खोलिदिने आश्वासन दिएपछि व्यवसायीहरु अग्रिम टिकट बुकिङ खोल्न तयार भएका हुन्। 

यो पनि पढ्‍नुहोस‍्, नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्‍न कति ? (भाडादरसहित)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।