मंगलबार, पुस १, २०८२

दोस्रो उमा राष्ट्रिय करातेमा सुनील र नीमा सर्वोत्कृष्ट

सुनील र नीमा दुवै केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन्।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- मनकामना डोजोका सुनील समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन्। सुनील र नीमा दुवै केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन्। 

National life

चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सञ्चालन भएको थियो। जसमा पुरुषतर्फ ५५ केजीमूनि तौलसमूहमा मनकामना डोजोका सुनील सुनीलले च्याम्पियन मार्शल आर्ट्सका अंकित श्रेष्ठलाई फाइनलमा पराजित गरेका हुन्। यो स्पर्धामा ऋतम्भरा डोजोका लाक्पा लामा र नीमा योन्जनले कांस्य जिते।

पुरुष ५० केजीमूनि तौलसमूहमा मानसिंह डोजोका सुविन सुनारले स्वर्ण जित्दा ऋतम्भरा डोजोका विवेन्द्र तामाङ फाइनलमा पराजित रहे। च्याम्पियन मार्शल आर्ट्सका अग्रिम मैनाली र नेपाल हायाशी हा डोजोका उमेश नेपालीले कांस्य जिते।

६० केजीमूनि तौलसमूहमा ऋतम्भरा डोजोका डेनिल मोक्तानले नागादेश डोजोका विमल कार्कीलाई पराजित गरी स्पर्ण जिते। ज्ञानज्योति स्कुलका अनिश गुरुङ र च्याम्पियन मार्शल आर्ट्सका राजीव खड्काले कांस्य जिते। 

६० केजीमाथि खुला स्पर्धामा च्याम्पियन मार्शल आर्ट्सका अनिल बरामले स्वर्ण जिते। उनले फाइनलमा मनमैजु डोजोका महेश चापागाईंलाई पराजित गरेका हुन्। नेशनल युनाइटेड स्कुलका अनमोल तामाङ र मनमैजु डोजोका कशुभ श्रेष्ठले कांस्य जिते। 

Laxmi sunrise bank
kumari

महिलातर्फ ४५ केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी सविना तामाङले फाइनलमा ऋतम्भरा डोजोकी स्वप्निता वाइवालाई पाराजित गरी स्वर्ण जितिन्। यो स्पर्धामा नेशनल युनाइटेड स्कुलकी अनुरती कार्की र श्री कालिका सरन स्कुलकी दीपाना तामाङले कांस्य जिते। 

५० केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन्। उनले महिला एकल कातामा मंगलबार पनि स्वर्ण जितेकी थिइन्। प्रतियोगिताको दोहोरो स्वर्ण जित्ने क्रममा उनले ऋतम्भरा डोजोकी रोजी तामाङलाई फाइनलमा हराइन्। च्याम्पियन मार्शल आर्ट्सकी इरा केसी र थैव डोजोकी संगीता लिम्बुले कांस्य जिते।

५५ केनीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्ट्सकी नीमा तामाङले स्वर्ण जितिन्। उनले लुभु डोजोकी आयुशा राईलाई फाइनलमा पराजित गरिन्। ऋतम्भरा डोजोकी अनिशा तामाङ र मानसिंह डोजोकी सविता तामाङले यो स्पर्धामा कांस्य जिते। 

६० केजीमूनि तौलसमूहमा नेपाल हायाशी हा डोजोकी निरुता श्रेष्ठले फाइनलमा लुभु डोजोकी सुप्रिया बोम्जनलाई हराउँदै स्वर्ण जितिन्। लुभुकै बेविशा राई र चौतारा ठूलोसिरुबारी डोजोकी अन्जु तामाङले कांस्य जितिन्। 

६० केजीमाथि खुला स्पर्धामा मानसिंह डोजोकी प्रविना गुरुङले स्वर्ण जितिन्। उनले फाइनलमा भृकुटी डोजोकी इरा थिङ तामाङलाई पराजित गरिन्। लुभु डोजोकी पहल्का दुरा मगर र ऋतम्भरा डोजोकी प्रशंशा श्रेष्ठले यो स्पर्धामा कांस्य जिते। 

दुई दिनसम्म सन्चालित प्रतियोगितामा १८ स्वर्णका लागि देशभरका १९ डोजोका २५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको पहिलो दिन पुरुष र महिला एकल कातासहित ९ स्वर्णको छिनोफानो भएको थियो। 

प्रतियोगितामा मानसिंह जोडो टिम च्याम्पियन भएको छ। मानसिंहले प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो। त्यस्तै २ स्वर्ण, ३ रजत र ८ कांस्य जितेको ऋतम्भरा डोजो टिम द्वितीय भयो भने २ स्वर्ण र २ रजत जितेको मनमैजु डोजो टिम तृतीय भयो। 

प्रतियोगितामा पदक विजेता खेलाडी तथा टिमलाई काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे। प्रतियोगितामा सर्वोत्कृष्ट बनेका दुई खेलाडीलाई आयोजक नेपाल गोजुकाई कराते डो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले व्यक्तिगत रुपमा जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे।

प्रकाशित: Jan 04, 2023| 20:45 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।