शनिबार, कात्तिक १, २०८२

टी२० लिगबारे छानबिन गर्न राखेपद्वारा समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राजधानीमा जारी नेपाल टी२० लिग क्रिकेटमा देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९
Kumaribank
Metro Mart

काठमाडौं–  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राजधानीमा जारी नेपाल टी२० लिग क्रिकेटमा देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ।

परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले परिषद्का कार्यकारी समिति सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन्।

राखेपले कार्यदललाई सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। विदेशी खेलाडीको श्रमस्वीकृति र प्रतियोगिता सञ्चालनको सम्बन्धमा परिषद्ले मागेको कागजात क्यानले उपलब्ध नगराएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत राखेपले विज्ञप्तिमा जनाएको छ।

प्रकाशित: Jan 04, 2023| 18:33 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।