काठमाडौं- अन्तर्राष्ट्रिय सञ्चार माध्यमले मोहमद सलाह र इडेन हाजार्ड मध्य कुन खेलाडी उत्कृष्ट भन्ने बिषयमा एक रिपोर्ट सार्वजनिक गरेको छ । लिभरपुलले शनिबार साउथह्याम्पटनविरुद्ध ३-० ले जित निकाल्दा सलाहले एक गोल गरेका थिए। पाँच खेल खेल्दा दुई गोल गरेका सलाहले आफ्नो छैठौं खेलमा एक गोल गर्दै पुनः खेलमा फर्किएका छन्।
इजिप्टियन सलाहले यस सिजनको प्रिमियर लिग खेलमा तीन गोल गरेका छन्। त्यस्तै हजार्डले आइतबार चेलसीका लागी वेस्टह्याविरुद्ध खेले । बेल्जियमका शीर्ष गोलकर्ता हाजार्ड यस सिजन निकै नै लयमा खेदिएका छन्। हाजार्डले पछिल्लो हप्ता कार्डिफविरुद्धको खेलमा ह्याट्रिक समेत गरेका थिए। हाजार्डले ब्लुजका लागि छ खेलमा पाँच गोल गरेका छन्।
चेल्सीविरुद्ध लिभरपुल
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सलाह भन्दा हाजार्ड आफ्नो पक्षमा अग्रस्थानमा छन् । किन ? भन्ने तर्कमा निम्न अनुसार लुतना गरिएको छ।
सलाहको हास्यास्पद सिजन छ। तर, के उनी यस सिजनलाई यहि रुपमा लैजालान् ? हाजार्डले पनि यसलाई कैयौ बर्ष सम्म प्रिमियर लिगमा लगातार दोहोर्याएका थिए।
हाजार्ड नेयमार भन्दा उत्कृष्ट छन्। उनी धेरै सुसंगत र मैदानमा सहाज रुपमा जान्छन् । एन्टोनी ग्रिजम्यान, ग्यारेथ बेल तथा केलियन एमबाप्पे पनि आफ्नो सर्वश्रेष्ठ भन्दा केहि बर्ष पछाडी छन्। जाहार्डले पछिल्लो हप्ता कार्डिफविरुद्धको खेलमा ४० पटक प्रहार गरेका थिए। तर, माउरियो सारीले हाजार्डका लागिा नयाँ लक्ष्य निर्धारण गरेका छन् । चेल्सी प्रवन्धकले उनलाई प्रिमियर लिगमा ४० गोल गर्नका लागि चुनौती दिएका छन्।
हाजार्ड २०१२ मा लिलिबाट चेल्सी अनुबन्ध भएका थिए । स्टमफोर्ड ब्रिज्डमा छ बर्ष बिताएका उनले चेल्सीका लागि ३०६ खेल खेल्दै ९४ गोल गरेका छन्। उनले २०१३ मा स्टमफोर्ड ब्रिज्डसँग युरोपा लिगमा दुई प्रिमियर लिग ट्रफी जितेका छन् । त्यस्तै उनले २०१५ मा प्रिमियर लिग सिजनको उत्कृष्ट खेलाडी बनेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४