शनिबार, कात्तिक १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० लिगमा विराटनगरको तेस्रो जित, युनाइटेड बाहिरिने सम्भावना

टी–२० लिगमा विराटनगरको तेस्रो जित, युनाइटेड बाहिरिने सम्भावना

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी लिगमा विराटनगरले फारवेस्ट युनाइटेडमाथि छ विकेटको जित निकालेको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले तेस्रो जित निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी लिगमा विराटनगरले फारवेस्ट युनाइटेडमाथि छ विकेटको जित निकालेको हो।

Kumaribank

विराटनगरलाई जित दिलाउनका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रनको योगदान दिएका छन्। खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको फार वेस्टले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १५६ रन बनाउँदै विराटनगरलाई १५७ रनको लक्ष्य दिएको थियो।

जवाफमा विराटनगरले तीन बल बाँकी रहँदै चार विकेट गुमाउँदै १५८ रन बनाएर लक्ष्य पूरा गरेको हो। विराटनगरलाई लक्ष्य पूरा गर्न नदिनका लागि फारवेस्टका करण केसी, प्रकाश जैसी, नुर अहमद र हसमतुल्लाह शाहिदीले समान १–१ विकेट गिराएका थिए। तर उनीहरुको प्रयास सफल हुन सकेन।

फारवेस्टका बलरविरुद्ध प्रदीप ऐरीले २६ बलमा ४० रन बनाएका थिए। उनले चार चौका र दुई छक्काको सहयोगमा सो रन जोडेका थिए। खेलमा चार चौका र दुई छक्काका साथ ६० रन बनाएका कप्तान रोहित म्यान अफ दि म्याचसमेत बने।

पहिलो पारीमा फारवेस्टका लागि विनोद भण्डारीले सर्वाधिक ४५ रन बनाए पनि बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। कप्तान हसमतुल्लाह पनि २७ रनमै आउट भए।

Metro Mart

बलिङतर्फ विराटनगरका शाहब आलमले तीन विकेट गिराए भने किओन जोसेफले दुई विकेट गिराएका थिए। त्यस्तै, राज नन्न, विवेक यादव र रोहित पौडेलले पनि समान १–१ विकेट लिएका थिए।

यो जितसँगै विराटनगरले छ अंक बनाए पनि उसको स्थान भने सुधार भएन। विराटनगर र पोखराको समान ६–६ अंक भए पनि रन रेटका आधारमा विराटनगर पछि रहेको छ। दुवै टिमका समान दुई दुई खेल बाँकी रहेका छन्।

यि दुई टिमबीच चौथो स्थानका लागि फाइट हुने देखिएको छ। आजको खेलमा हार बेहोरेसँगै फारवेस्ट भने बाहिरिने लगभग पक्कापक्की भएको छ। १० मध्ये उसका तीन खेल मात्र बाँकी छन्। यद्यपी उसले अहिलेसम्म एकभन्दा धेरै जित निकाल्न सकेको छैन।

यता तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले भने आजको खेलमा काठमाडौंलाई हराउँदै क्वालिफायरमा स्थान पक्का गरेको छ। दोस्रो स्थानको रोयल्सले पनि प्ले अफ खेल्ने भएको छ।

प्रकाशित: Jan 04, 2023| 16:49 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।