मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्याच फिक्सिङको हल्ला भ्रामक हो, प्रमाण भए एन्टी करप्सनमा पेश गर्नु: क्यान

म्याच फिक्सिङको हल्ला भ्रामक हो, प्रमाण भए एन्टी करप्सनमा पेश गर्नु: क्यान

क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पट फिक्सिङबारे ध्यानाकर्षण भएको जनाएको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– नेपालमा भइरहेको पहिलो संस्करणको नेपाल टी २० क्रिकेट लिग म्याच फिक्सिङ र स्पट फिक्सिङका कारण आलोचित भइरहेको छ। यस विषयलाई लिएर आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङ र स्पट फिक्सिङको भ्रम फैलाइएको दाबी गरेको छ।

National life

क्यानले आज एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पट फिक्सिङबारे क्यानको ध्यानाकर्षण भएको जनाएको हो। त्यस्तै, उसले यो सूचना दिने कामलाई राष्ट्रकै नाममा ठेस पुर्याउने कदम भएको दाबी गरेको छ। कसैसँग म्याच फिक्सिङ र स्पट फिक्सिङको सूचना भए क्यानको केन्द्रीय कार्यालय वा लिगको एन्टी करप्सन युनिट (एसीयू) मा सूचना दिन अनुरोध पनि गरेको छ।

‘म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ,’ क्यानले सूचनामा लेखेको छ।

यसअघि विभिन्न क्रिकेट सम्बद्ध मानिसले लिगमा फिक्सिङ भएको आरोप लगाइरहेका छन्। यस विषयलाई लिएर नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान मानिएका पारस खड्काले पनि सामाजिक सञ्जालमा लेखेका थिए। ‘नेपाल टी२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेलाडीहरुको वर्षौंदेखिको लगाव, खेलप्रेमीको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाई यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्याएको छ।’

यो अपराधको निष्पक्ष छानबिन गर्नका लागि र दोषीलाई कडा कारवाही गर्नका लागि खड्काले अनुरोध गरेका छन्। यता, टी २० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले विभिन्न खेलाडीको नाम लिँदै खेलमा स्पट फिक्सिङ भइको दाबी गरेका छन्। उनले नेपाली राष्ट्रिय टिममा खेलिसकेका बलरले १५ इन्चभन्दा धेरै नो बल गरेको छक्काका लागि लगातार बल फालेको भन्दै फिक्सिङ भएको शंका गरेको बताएका थिए।

Laxmi sunrise bank
kumari

यो प्रतियोगितामा यसबाहेक पनि खेलाडीको श्रमस्वीकृतिको विषयलाई लिएर आलोचना भइरहेको छ। त्यस्तै गृहमन्त्री रवि लामिछानेले घटनाबारे छानविन गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएका छन्।

प्रतियोगितामा सहभागी फ्रेन्चाइज टिमहरुले खेलाडीलाई सम्झौताअनुसार परिश्रमिक नदिएको भन्दै मंगलबार (हिजो) खेल नै अवरुद्ध भएको थियो। त्यस्तै, बुधबार पनि काठमाडौं नाइट्सको टिम ढिलो मैदान पुगेपछि खेल १७ ओभरमा घटाएर खेलाइएको थियो।

प्रकाशित: Jan 04, 2023| 13:55 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।