मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० लिग: विदेशी खेलाडीको अनुमतिबारे अख्तियारले माग्यो विभागसँग विवरण

टी–२० लिग: विदेशी खेलाडीको अनुमतिबारे अख्तियारले माग्यो विभागसँग विवरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टी२० क्रिकेट लिगमा सहभागी ६ वटा टिमबाट खेल्ने विदेशी खेलाडीको श्रमस्वीकृतिबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग जवाफ मागेको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टी२० क्रिकेट लिगमा सहभागी ६ वटा टिमबाट खेल्ने विदेशी खेलाडीको श्रमस्वीकृतिबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग जवाफ मागेको छ। लिगमा श्रमस्वीकृति नलिई विदेशी खेलाडी सहभागी भएकोबारे उजुरी परेपछि अख्तियारले विभागसँग जानकारी मागेको हो।

National life

‘त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भइरहेको टी२० क्रिकेट लिगमा विदेशी खेलाडी श्रमस्वीकृति तथा अनुमतिबिना खेलिरहेको विषयमा परेको उजुरीका सम्बन्धमा सात दिनभित्र सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया यस आयोगको महाशाखा नम्बर ९ मा प्राप्त हुने गरी उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ,’ आयोगले भनेको छ।

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी नेपाल टी२० लिगमा म्याच फिक्सिङको कुरा उठेपछि अख्तियारले यसबारे पनि अनुसन्धान गरिरहेको छ।

मंगलबार बिहान नेपाल टी२० का कमेन्टेटर सचिन तिमल्सेनाले फिक्सिङ भइरहेको दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। मंगलबार नै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलाएका थिए।

फिक्सिङको चर्चा चलेपछि गृह मन्त्रालयले अनुसन्धान अगाडि बढाउन अख्तियारलाई पत्र लेखेको छ। यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एन्टी करप्सन युनिटका प्रतिनिधिले पनि केही खेलाडीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 04, 2023| 12:55 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।