मंगलबार, पुस १, २०८२

काठमाडौं १०२ रनले पराजित, लुम्बिनीलाई अहिलेसम्मकै ठूलो जित

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको अंकतालिकामा आठ अंकका साथ तेस्रो स्थानमा रहको काठमाडौं नाइट्सले चौथो हार बेहोरेको छ। प्रतियोगिताको आफ्नो आठौं खेलमा काठमाडौंले १०२ रनको ठूलो हार बेहोरेको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

कीर्तिपुर- कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको अंकतालिकामा आठ अंकका साथ तेस्रो स्थानमा रहको काठमाडौं नाइट्सले चौथो हार बेहोरेको छ। प्रतियोगिताको आफ्नो आठौं खेलमा काठमाडौंले १०२ रनको ठूलो हार बेहोरेको हो।

National life

बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्सलाई १८४ रनको लक्ष्य  प्रस्तुत गरेको थियो। खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले १७ आभरमा घटाइएको खेलमा छ विकेट गुमाएर १८३ रन बनाउँदै १८४ रनको लक्ष्य दिएको थियो।

जवाफमा नाइट्सले आठ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर ८१ रनमा रोकेपछि लुम्बिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो जित निकालेको हो। यो जितसँगै १४ अंक बनाएको लुम्बिनीले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ।

बलिङ र ब्याटिङमा निकै कमजोर प्रदर्शन गरेको काठमाडौंका लागि दोस्रो पारीमा छ खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन्। उक्त पारीमा २२ रन जोडेका बसिर अहमद नै सबैभन्दा धेरै रन बनाउने खेलाडी रहे। उनीबाहेक कमल ऐरीले १६, ज्ञानेन्द्र मल्ल र लेकोश बमले समान १५–१५ जोडे।

आक्रामक र कसिलो बलिङ गरेको लुम्बिनीका लागि हेरी केक्टोर, कुशल भुर्तेल र इशान पाण्डेले समान २–२ विकेट गिराए। एकएक विकेट लिनेमा किशोर महतो, हर्मिन सिंह र विपुल शर्मा रहे। हरमितले एक ओभर बलिङ गर्दै एक विकेट गिराउँदै एक रन दिएका थिए। कुशल भुर्तेलले एक ओभर मेडन फालेका थिए।

Laxmi sunrise bank
kumari

आजको खेलमा कमजोर काठमाडौंको बलिङविरुद्ध लुम्बिनीका सबैजसो खेलाडीले विस्फोटक ब्याटिङ गरेका थिए। तर सुरुमै ठूलो सट खेल्ने क्रममा दिपेन्द्र सिंह ऐरी कुनै रन नजोडी आउट भए। त्यस्तै कुशल भुर्तेलेले पनि १५ रनमात्र जोड्न सकेन।

विस्फोटक पारी खेलेका ओपनर अरमित सिंहले ३६ बलमा ७० रन बनाए। उनले आठ छक्का र दुई चौका जोडेका थिए। अर्का ओपनर लाहिरु मिलान्थालले २९ बलमा २६ रन जोडे। खेलमा गुल्सन झाले २१ र हेरी टेक्टरले १७ रन बनाएका थिए। पहिलो पारीमा लुम्बिनीका खेलाडीले २४ बाउड्री प्रहार गरेका थिए।

यता बलिङतर्फ काठमाडौंका अभिनास बोहराबाहेक बाँकी खेलाडीले सम्झनलायक प्रदर्नश गरेनन्। अभिनासले चार ओभ बलिङ गर्दै चार विकेट लिए। खलमा बसिर दुई ओभरमा ३५ रन खर्चिँदै दुई विकेट लिए भने अनिल खरेलले एक विकेट लिए।

प्रकाशित: Jan 04, 2023| 12:23 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।