बिहीबार, असार १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बिस्फोटक ब्याटिङ गर्दै लुम्बिनीले काठमाडौंलाई दियो ठूलो लक्ष्य

बिस्फोटक ब्याटिङ गर्दै लुम्बिनीले काठमाडौंलाई दियो ठूलो लक्ष्य

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपापल टी–२० लिगको बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्सलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

कीर्तिपुर– कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपापल टी–२० लिगको बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्सलाई १८४ रनको लक्ष्य  प्रस्तुत गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले १७ आभरमा घटाइएको खेलमा ६ विकेट गुमाएर १८३ रन बनाउँदै १८४ रनको लक्ष्य दिएको हो।

निकै कमजोर देखिएको काठमाडौंको बलिङविरुद्ध लुम्बिनीका सबैजसो खेलाडीले विस्फोटक ब्याटिङ गरेका थिए। तर, ठूलो सट खेल्ने दिपेन्द्र सिंह ऐरी कुनै रन नजोडी आउट भएका छन्। त्यस्तै कुशल भुर्तेल पनि १५ रनमै आउट भए।

विस्फोटक पारी खेलेका ओपनर अरमित सिंहले ३६ बलमा ७० रन बनाए। उनले आठ छक्का र दुई चौका जोडेका थिए।

अर्का ओपनर लाहिरु मिलान्थालले २९ बलमा २६ रन जोडे। खेलमा गुल्सन झाले २१ र हेरी टेक्टरले १७ रन बनाएका थिए। पहिलो पारीमा लुम्बिनीका खेलाडीले २४ बाउन्ड्रि प्रहार गरेका थिए।

यता बलिङतर्फ काठमाडौंका अभिनास बोहराबाहेक बाँकी खेलाडीले सम्झनलायक प्रदर्नश गरेनन्। अभिनासले चार ओभ बलिङ गर्दै चार विकेट लिए। खलमा बसिर दुई ओभरमा ३५ रन खर्चिँदै दुई विकेट लिए भने अनिल खरेलले एक विकेट लिए।

प्रकाशित: Jan 04, 2023| 11:16 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।