शनिबार, कात्तिक १, २०८२

मनाङलाई हराउँदै अमेरिकी टिम पोखरा गोल्डकपको फाइनलमा

मनाङले घरेलु मैदानमा रुपमा प्रयोग गर्ने पोखरा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा उसले अमेरिकाबाट आएको भुटनिज युथ स्पोट्स क्लब बीवाईएससीलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- नेपाली फुटबलमा लामो समय देखि राज गर्दै आइरहेको मनाङ मस्र्याङ्दिी क्लबले आज पोखरामामा जारी आहा रारा पोखरा गोल्डकपमा हार बेहोरेको छ।

Kumaribank

मनाङले घरेलु मैदानमा रुपमा प्रयोग गर्ने पोखरा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा उसले अमेरिकाबाट आएको भुटनिज युथ स्पोट्स क्लब बीवाईएससीलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

मनाङ पोखरामा छ पटकको विजेता टिमसमेत हो। उसले १२ पटक फाइनलमा नै स्थान बनाइसकेको छ। त्यसैले मनाङ पोखरा गोल्डकपमा निकै ठूलो नामसमेत हो। तर यो संस्करणमा ऊ पहिलो खेलबाटै बाहिरिएको छ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा उसलाई पाहुना टिमले हराएको छ। भुटनिज युथ टिमका लागि प्रविण बस्नेतले गोल गर्दै अग्रता बनाएका थिए। खेल अवधिभर दुवै टिमले बाँकी समयमा राम्रा मुभहरु बनाए पनि गोल गर्न चाहिँ सकेनन्।

यसअघि मनाङले विसं २०६० सालमा पहिलो पटक उपाधि जितेको थियो। उसले दोस्रो पटक त्यसैको अर्को वर्ष उपाधि जितेको हो। त्यसपछि विसं २०६८, ०७२, ०७३ र २०७६ सालमा पनि मनाङले पोखरामा उपाधि जितेको थियो। उसले त्यो लयलाई यो वर्ष कामय राख्न सकेनन्।

Metro Mart

प्रकाशित: Jan 03, 2023| 17:35 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।