शुक्रबार, साउन १, २०८३

एकै नगरका वडामा सामान ओसार्दा पनि निकासी कर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- एउटै नगरपालीकाको एक वडाबाट अर्को वडामा  सामान ओसारपसार गर्दा निकासी कर लाग्छ भन्दा धेरैलाइ अचम्म लाग्न सक्छ । 

सुनसरीको बराहक्षेत्रमा यहि अचम्मको नियम छ । जहाँ एक वडाबाट अर्को वडामा निकासी कर तिर्नुपर्छ । र, स्थानियले त्यसै अनुसार कर तिर्दै आएका छन ।

हालसालै बराहक्षेत्रका स्थानिय सत्यनारायण मन्डलले एक हल गोरु किने । आफूले किनेका गोरुको पनि उनले निकासी कर तिर्नपर्याे । उनले एक हल गोरुको ३० रुपैयाँ निकासी कर तिरे । उनले तीन नम्बर वडामा किनेको गोरु वडा नम्बर एघारमा लाँदा यति रकमको निकासी कर तिरेका हुन । 

मन्डल मात्रै हैन अन्य स्थानियहरुले समेत एक अर्काे वडामा निकासी गरेको कर तिर्दै आएका छन । नियमित एकै नगरपालीका भित्र पनि वडागत कर तिर्नेमा नगरपालीकाको वडा नम्बर २ का रहेको चतराबाट वडा नम्बर ११ मा रहेको मधुवनमा हटियामा सामान बेच्ने व्यापारीहरु धेरै छन । 

यसरी एक वडाबाट अर्को वडामा निकासी कर लिने बारेमा नगरपालीकाले यहि बर्षको श्रावण १५ गते सार्वजनिक सूचना जारि गरेको थियो । नगरपालीकाले धरानको ब्लास्ट टाइम्स दैनिकमा उक्त दिन गरेको ठेक्का नम्बर ६ मा यस्तो सूचना गरिएको छ । जस अनुसार बराहक्षेत्र नगरपालीकाको एक वडा बाट अर्को वडमा निकासी गरेको कर लिने ठेक्का समेत दिइएको छ । 

  वडा नम्बर  ९ र १० बाहेक अरु सबै वडामा एक वडाबाट अर्को वडामा लाने सामानमा निकासि कर लिँदै आइएको छ । ९ र १० वडामा मात्रै किन नलिनुमा त्यि दुवै वडा साबिको प्रकाशपुर गाबिस भएकोले नलिएको नगरपालीका श्रोतको तर्क छ ।
 
निकासी कर ५ रुपैयाँदेखी  ५ सयसम्म

इनरुवाको बिन्दाबासिनि कन्स्ट्रक्सन प्रालिलाइ निकासि शुल्क उठाउन ४५ हजारमा ठेक्का दिइएको छ । र ठेकेदार सोनु चन्द्रबंशिले निकासी कर असुल्दै आएका छन । वडागत कर लिन नहुने कुरा आएपनि ठेक्का खुलेकाले आफूले ठेक्का भरेको चन्द्रबंशीले बताए । उनले भने, 'मान्छेले कर लिएकोमा सराप्छन । तर, मैले ठेक्का नलिएको भएपनि अरुले त लिन्थ्यो ।' 

औपचारिक ठेक्का सम्झौता अनुसार बिन्दबासीनि प्रालिले ५ रुपैयाँ देखी ५ सय सम्म लिँदै आएको छ ।  जस अनुसार  सबैभन्दा सस्तो भेडाबाख्रामा  प्रतिगोटा ५ रुपैयाँ लाग्छ  भने भूजा चिउरा प्रति बोरा १० रुपैयाँ लाग्छ । 

 सबैभन्दा महँगो सिसौ रुखको प्रति रुख निकासी कर ५ सय रुपैयाँ लिइन्छ । स्थानिय सरकारले निर्णय गरेको यस्तो दररेट तोकोको छ । अझ रोचक कुरा त के छ भने कृषिलाइ प्रथामिकता दिने भन्ने नगरपालीकाले कृषि उपजकै निकासी कर धेरै लिँदै आएको छ । 

वडाध्यक्ष नै निकासी करमा जानकार छैनन

एक वडा बाट अर्को वडामा समेत निकासी कर लिइएको बारेमा वडाध्यक्षहरु नै जानकारी नभएको बताउँछन । वडा नम्बर २ का अध्यक्ष हरिकृष्ण भट्टराई आफ्नै वडा भित्र नगरपालीकाले कर लिने कुरा अचम्मको भएको बताउँछन । उनी भन्छन, 'एकै नगरपालीका भित्र वडागत निकासी कर लिइएको थाहा थिएन । बल्ल जानकारी भयो । यो गलत छ ।'

वडा नम्बर ९ का अध्यक्ष दीपक लिम्बुपनि एक वडाबाट अर्को वडामा निकासी कर भएको बारेमा बेखबर भएको बताउँछन । भन्छन, 'एकै स्थानिय तहमा एक वडाबाट अर्को वडामा निकासी गरिएको कर लिइन्छ भने त्यो गलत हो । यसमा नगरपालीकाले पुनरावलोकन गर्नुपर्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।