आइतबार, चैत १५, २०८२

युभेनट्सको जितमा रोनाल्डोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
टुरीन (एजेनसी)-सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा फ्रोसिनोनेलाई पराजित गर्दै युभेन्ट्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । युभेन्ट्सले फ्रोसिनोनेलाई २-० ले पराजित गर्दै आफ्नो अपाजित यात्रालाई निरनतरता दिएको हो । 

युभेन्टसको जितमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नार्डेस्कीले समान एक एक गोल गरे । फ्रोसिनोनेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । 

खेलको ८१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाए । मिरालेम प्यानिचको प्रहारलाई गोलरक्षकले बचाएपनि रिबाउन्डमा आएको बललाई पोर्चुगलका कप्तान रोनाल्डोले गोल गर्न सफल भएका थिए । सिरी ‘ए’ मा रोनाल्डोको यो तेस्रो गोल हो । रोनाल्डोले यसअघि सासुओलोविरुद्धको खेलमा २ गोल गरेका थिए ।

यद्यपी गोल भने विवादको घेरामा नै रहयो । टेलिभिजन रिप्लेमा हेर्दा रोनाल्डो अफसाइड पोजिसनमा रहेको देखिएपनि लाइन्सम्यानले झन्डा उठाएनन् । इटालियन लिगमा भीएआर प्रयोग गर्ने सुविधा भएपनि रेफ्रीले त्यसको प्रयोग गरेनन् । 

एक गोल गरेसँगै उच्च मनोवलमा रहेको युभेन्टसका लागि फेडरिकोले इन्जुरी समयमा थप एक गोल गर्दै २-० को जित दिलाए । पछिल्ला ७ सिजन लिग उपाधि जितेको युभेन्ट्स यस सिजन पनि सुरुआती खेलबाट नै लिगमा अग्रतामा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।