सोमबार, वैशाख ३१, २०८१

टी२० लिग: ९ ओभरको खेलमा काठमाडौंले विराटनगरलाई हरायो

विवादका कारण ढिला सुरु भएर ९ ओभरमा झारिएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ। विवादका कारण ढिला सुरु भएर ९ ओभरमा झारिएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको हो।

triton college

काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ ओभर ५ बलमा अलआउट हुँदै ५८ रन बनायो। विराटनगरका लागि गौरांशू शर्माले २२ रन बनाए। त्यस्तै विवेक यादवले १२ रन बनाउँदा नन्दन यादवले ११ रनको योगदान गरे। काठमाडौंका लागि कमल सिंह ऐरीले ३ विकेट लिए। त्यस्तै सुनाम गौतम र अनिल खरेलले समान २/२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो। काठमाड‌ौंका लागि सन्दिप रजालीले अविजित ३२ रनको योगदान गरे। कमलसिंह ऐरीले १४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान गरे। विराटनगरका लागि नन्दन यादवले ३ विकेट लिए। हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए।

जितसँगै काठमाडौं ७ खेलमा ४ जित र ३ हारको नतिजासहित ८ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित विराटनगर ७ खेलमा ४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ।

प्रकाशित: Jan 03, 2023| 13:00 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।