सोमबार, वैशाख ३१, २०८१

नयाँ सिजनको लागि मनाङ मर्स्याङ्दीको टिम घोषणा

क्लबले राष्ट्रिय टिममा पूर्व सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको जानकारी दिएको छ।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनका लागि टिम घोषणा गरेको छ। साथै क्लबले राष्ट्रिय टिममा पूर्व सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको जानकारी दिएको छ।

triton college

क्लबले आज प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी अनुबन्धबारे जानकारी दिएको हो। यस सिजनका लागि अनुबन्ध गरिएका खेलाडीमा दीप कार्की, जियारत शेख, आशीष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, विसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशन राना मगर छन्। 

‘आउँदो सिजनको लिगमा हामीले युवा खेलाडीमाथि विश्वास गरेका छौं। उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौं। आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छौं,’ क्लबले प्रेस विज्ञप्तिमा भनेको छ।

क्लबमा अनुबन्ध भएपछि मुख्य प्रशिक्षक किरण श्रेष्ठले जिम्मेवारी चुनौतिपूर्ण रहेको बताएका छन्। भन्छन्, ‘मनाङ ठूलो टिम हो। विश्वास गरेर क्लबले जिम्मेवारी दिएकोमा व्यवस्थापनलाई धन्यवाद। यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ। मनाङको यसपटकको खेलाडी संरचना फरक छ। यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे। अहिले पूरै युवा खेलाडीको टिम छ। नतिजाका लागि प्रशिक्षकको रुपमा सक्दो कोसिस गर्नेछु।’

प्रकाशित: Jan 03, 2023| 12:53 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।