आइतबार, चैत १५, २०८२

पिएसजीको अपराजित यात्रा कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
फ्रेन्च (एजेनसी)-डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको आफ्नो छैठौं खेलमा पीएसजीले रेनिजलाई ३-१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायामै राखेको हो । 

रेनिजको घरेलु मैदानमा पीएसजीको जितमा एन्जल डि मारिया, थोमस म्युनिर र इरिक म्याक्सिम चुप्पोले गोल गरे । रेनिजले आत्मघाती गोल उपहार पाएका थियो ।

खेलको ११औं मिनेटमा पीएसजीका एड्रियन राविओटको आत्मघाती गोलबाट पछि परेको थियो । तर, डि मारियाले ४५औं मिनेटमा बराबरी गोल फर्काउन सफलल भएका थिए । दोस्रो हाफमा खेलमा फर्किएको पीएसजीले थप दुई गोल गर्दै टिमको जित पक्का गरे ।

६१औं मिनेटमा नेयमारको पासमा थोमस म्युनिरले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता लियो । ८३औं मिनेटमा इरिकले गोल गरेपछि पीएसजीले रेनिजमाथि ३-१ को सहज जित निकालेको हो ।

जितपछि अपराजित रहेको पीएसजी ६ खेलबाट १८ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेको छ । रेनिज ८ अंकसहित १०औं स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।