शनिबार, कात्तिक १, २०८२

विवादले ढिलाइ भएको खेल ९ ओभरमा झारियो

जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सलाई ९३ रनको लक्ष्य दिएको छ।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– कीर्तिपुरमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग विवादका कारण रोकिँदा ढिलाइ भएपछि ९ ओभरमा झारिएको छ। खेलाडी र आयोजकबीचको विवादका कारण ढिला गरी सुरु भएको टी २० खेल ९ ओभरमा छोट्याइएको हो।

जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्सलाई ९३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको छ।

काठमाडौंका लागि सन्दीप रजाली ३२ र कमलसिंह ऐरी १४ रनमा अविजित रहे। कप्तान ज्ञानेन्द्र मल्ल १४ रन र एलेक्स ब्लेकले १३ रन बनाए। विराटनगरका लागि नन्दन यादवले ३ विकेट, हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए।

प्रकाशित: Jan 03, 2023| 12:22 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।