शनिबार, वैशाख ८, २०८१

पाकिस्तानी फिल्म मौला जट्टलाई भारतमा प्रतिबन्ध

फिल्म रोकिनुको कारणबारे केही खुलाइएको छैन र अर्को मिति पनि दिइएको छैन।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– पाकिस्तानी फिल्म द लिजेन्ड अफ मौला जट्टलाई भारतमा प्रतिबन्ध लगाइएको छ। सन् २०२२ को अधिक चर्चामा रहेको मौला जट्ट पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गरेको द्वन्द्वप्रधान फिल्म हो।

triton college

यो फिल्म ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका हलमा रिलिज हुने बताइएको थियो। भारतीय सेन्सर बोर्डले यो फिल्म प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन। समाचार संस्था पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आईनक्सका एक कर्मचारीलाई उद्धृत गर्दै प्रदर्शन रोकिएको जनाएको छ।

फिल्म रोकिनुको कारणबारे केही खुलाइएको छैन र अर्को मिति पनि दिइएको छैन। केही भारतीय सञ्चार माध्यमले त्यहाँको सेन्सर बोर्डले प्रदर्शनको अनुमति फिर्ता लिएको जनाइएको छ। तर यसबारे सेन्सर बोर्डले आधिकारिक रूपमा केही बताएको छैन।

भारतमा ‘मौला जट्ट’को वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ। प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट कुनै वक्तव्य आएको छैन।‘मौला जट्ट’ भारतमा रिलिज भएको भए सन् २०११ मा ‘बोल’पछि हलमा प्रदर्शन हुने पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो।

‘मौला जट्ट’का अभिनेता फवाद खान र अभिनेत्री माहिरा खान पनि बलिउडमा चर्चित छन्। माहिराले सन् २०१७ मा शाहरुख खानको फिल्म ‘रईस’मा काम गरेकी थिइन्। फवादले बलिउडका धेरै चर्चित फिल्ममा अभिनय गरेका छन्।

corrent noodles
Metro Mart

सन् २०१६ को उरी आक्रमणपछि इन्डियन मोसन पिक्चर्स एसोसिएसनले पाकिस्तानी कलाकार र गायकलाई भारतीय फिल्ममा काम गर्न प्रतिबन्ध लगाएको थियो। महाराष्ट्र राज्यमा शिवसेना र महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई काम गर्न नदिने र उनीहरूले अभिनय गरेको फिल्म प्रदर्शन गर्न नदिइने धम्की दिएका थिए।

प्रकाशित: Jan 03, 2023| 12:14 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।