मोरङको विराटनगर महानगरपालिका–४ स्थित साथीको घरमा पाहुना आएका एक युवकको सोमबार राति मृत्यु भएको छ। विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए। अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
यादवको मृत्युको कारण खुल्न बाँकी छ। उनी लागू औषधका सेवनकर्ता रहेको बताइएको छ। लागू औषधको मात्रा धेरै भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।