शुक्रबार, साउन १, २०८३

मोदी पाचौँ पटक नेपाल आउँदै, मंसिरमा लुम्बिनी जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाचौँ पटक नेपाल भ्रमणमा आउने भएका छन् । 

आगामी मंसिर महिनामा उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने उद्देश्य बोकेर पाचौँ पटक नेपाल आउन लागेका हुन् । उनको यो भ्रमणसहित यो वर्ष मात्रै नेपाल आएको तेस्रो पटक हुनेछ । 

भारतीय न्यूज एजेन्सी एएनआइका अनुसार राजकीय भ्रमणका लागि नेपाल आउन लागेका मोदी मंसिर १२/१३ गते आउने भएका हुन्। नेपाल भारतीय दुतावासले एएनआइलार्इ बताए अनुसार मितिमा केही तलमाथि पनि हुनसक्ने जनाएको छ। 

भ्रमणका क्रममा केही उच्‍चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने जनाइएको छ। मोदीले सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएलगत्तै नेपाल भ्रमण गरेका थिए। 

यसअघि १४/१५ मा नेपालमा सम्पन्‍न विमेस्टेक सम्मेलनमा भाग लिन उनी नेपाल आएका थिए। त्यसअघि २८/२९ वैशाखमा  जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए।  

त्यसअघि २०७१, १०/११ मंसीरमा नेपालमा सम्पन्‍न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको भाग लिन मोदी नेपाल आएका थिए। त्यसअघि  १८/१९ साउन २०७१ मा मोदीले पहिलोपटक नेपाल भ्रमण गरेका थिए। 

बिभिन्न बाहनामा उनी पटक पटक नेपाल आइरहनुलाई कुटनीतिक क्षेत्रका विज्ञहरुले राम्रो संकेत नभएको टिप्पणी गरेका छन् । उनको भ्रमण नेपालप्रति मोह भन्दा लाभ केन्द्रित भएको उनीहरुको टिप्पणी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।