मंगलबार, वैशाख ८, २०८३

अलपत्र टी२० लिग: खेलाडीले खेल्न नमानेपछि टस हुन सकेन

खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो। आज हुने खेलका लागि दुवै टिम मैदानमा पुगिसके पनि खेल्न नमानेपछि टस हुन नसकेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- नेपाल टी–२० लिगमा आज हुने भनिएको विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सको खेल अन्योलमा परेको छ।

National life

खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो। आज हुने खेलका लागि दुवै टिम मैदानमा पुगिसके पनि खेल्न नमानेपछि टस हुन नसकेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर प्रतियोगिता गरेको हो। पटकपटक मिति सारेर मंसिर २८ देखि सुरु भएको नेपाल टी–२० लिगमा सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्।

तर, पछिल्लो समय आयोजक सेभेन थ्री स्पोर्ट्स कम्पनीका साझेदार नै सम्पर्कमा नआएको बताइएको छ। खेलाडी तथा अफिसियलले यसअघि नै सोमबारसम्म आफूले पाउनुपर्ने परिश्रमिक नपाए नखेल्ने बताएका थिए। केही विदेशी खेलाडीले नेपाल छाडिसकेका छन्।

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स, काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स, र फार वेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

kumari

प्रकाशित: Jan 03, 2023| 09:28 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।