मंगलबार, पुस १, २०८२

रोनाल्डो रियादमा

साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्ध गरेपछि उनी रियाद आएका हुन्।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

National life
Laxmi sunrise bank
kumari

रियाद- पोर्चुगिच फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन्। साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्ध गरेपछि उनी रियाद आएका हुन्।

अल नासरले ३७ वर्षे रोनाल्डोलाई आज औपचारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिइएको छ। त्यसअघि रोनाल्डोको मेडिकल जाँच हुनेछ। अल नासरले विज्ञप्ति जारी गर्दै रोनाल्डो र क्लबबीच सन् २०२५ सम्मका लागि सम्झौता भएको बताएको छ। तर कति रकममा उनलाई भित्र्याइएको हो भन्नेबारे चाहिँ क्लबले खुलाएको छैन। रोनाल्डो २ सय मिलियन युरोभन्दा माथिको रकममा अल नासर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका हुन्। युनाइटेड र त्यसका प्रशिक्षक एरिक टेन हाखबारे आलोचनात्मक टिप्पणी गर्दै टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि रोनाल्डो आलोचित बनेका थिए। त्यसपछि क्लब र रोनाल्डोबीच सहमतिमा सम्झौता भंग भएको थियो।

प्रकाशित: Jan 03, 2023| 09:12 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।