सोमबार, मंसिर २९, २०८२

स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

सोमबार साँझ आफ्नो निवास बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई एमालेमा प्रवेश गराएका हुन्।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

रौतहट-२ का स्वतन्त्र सांसद किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार साँझ आफ्नो निवास बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई एमालेमा प्रवेश गराएका हुन्।

National life

ओलीले सांसद साहलाई खादा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार साहले तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा फिर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए। आलम अहिले नख्खु कारागारमा छन्।  

२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका साह गत निर्वाचनमा रौतहट २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रभु साह नेतृत्वको स्वतन्त्र जिताऊ अभियानमा भूमिका खेलेको भन्दै हालै गठन भएको आम जनता पार्टीमा किरण साहलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको थियो। तर स्वतन्त्र जिताऊ अभियान एक जनालाई जिताउन मात्र सक्रिय रहेको तथा आफूलाई क्षेत्र २ का जनताले मत दिएर जिताएको भन्दै आम जनता पार्टीको जिम्मेवारी लिन सांसद साहले अस्वीकार गरेका थिए।

प्रकाशित: Jan 03, 2023| 07:48 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।