मंगलबार, पुस १, २०८२

पोखरा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमीफाइनलमा

– २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लबले जित निकालेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न भएको प्रतियोगितामा संकटाले आर्मीलाई ३–१ ले हराएको हो।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लबले जित निकालेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न भएको प्रतियोगितामा संकटाले आर्मीलाई ३–१ ले हराएको हो।

National life

यससँगै मोसफरको सबैभन्दा प्रतिष्ठित गोल्डकपबाट बाहिरिने आर्मी दोस्रो क्लब बनेको छ। संकटाको जितमा मेसुके ओलुमेउ, सुरज ज्यु ठकुरी र स्टेफेन बिनोङले समान १–१ गोल गरेका थिए।

यता आर्मीका लागि फरवार्ड नवयुग श्रेष्ठले एक गोल फर्काए। यो जितसँगै संकटा क्लब सेमीफाइनलमा पुग्ने तेस्रो टिम भएको छ।

यसअघि जित निकाल्दै विभागीय क्लब एपिएफ र चर्च बोइज क्लब सेमीफाइनलमा पुगिसकेका छन्। यता पोखरा गोल्डकपको लक्की टिमका रुपमा चिनिएको नेपाल पुलिस क्लब भने बाहिरिसकेकोछ।

चर्च बोइजले चाहिँ आफ्नो पहिलो खेलमा विभागीय टिम पुलिसलाई हराउँदै क्वार्टर फाइनलको यात्रा गरेको थियो। उक्त खेलमा नेपाली स्टार खेलाडी अन्जन विष्टले डेब्यु गोलसमेत गरेका थिए। त्यस्तै पहिलो क्वार्टरफाइनल खेलमा धरानलाई हराउँदै विभागीय टिम एफिएफले समीफाइनलमा स्थान बनाएको थियो।

Laxmi sunrise bank
kumari

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक सहारा क्लबलाई हराउँदै धरानले विजय निकालेको थियो। अहिले धरान पनि बाहिरिसकेको छ।


प्रकाशित: Jan 02, 2023| 17:50 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।