शुक्रबार, साउन १, २०८३

बढुवा भएका उपरथीलाई दर्जयानी चिह्न 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  उपरथीमा बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्जयानी चिह्न प्रदान गरेका छन् । आइतबार जंगी अड्डामा आयोजित बिशेष समारोहका बीच प्रधानसेनपति थापाले उनीहरुलाई दर्जयानी चिह्न प्रदान गरेका हुन् । 

असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई उपरथीमा बढुवा गरेको थियो । बढुवा भएका भण्डारी कल्याणकारी योजना निर्देशनालयमा कार्यरत थिए भने भट्ट रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयमा थिए ।

साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथीद्वय क्रमश भण्डारी संभाररथीेको कार्यालय र भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा भएको पनि सैनिक निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।