बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको परीक्षण उडान

हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी ले पुस १७ गते अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९
National life
Shivam cement

काठमाडौं- हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी ले पुस १७ गते अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ। अंग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो ‘न्यारोबडी एयरक्राफ्ट’को ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा गरेको छ। 

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज बिहान १ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेर १ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेको थियो।

हिमालय एअरलाइन्सको एअरबस ए३२०–२१४ पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको छ। यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो। पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष, सञ्चालक) लाई स्वागत गरेका थिए। 

प्रकाशित: Jan 02, 2023| 16:34 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्