शनिबार, कात्तिक १, २०८२

काठमाडौं किंग्स ५ विकेटले पराजित

त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा पूरा गरेको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– पोखरा एभेन्जर्सले काठमाडौं किंग्सलाई ५ विकेटले पराजित गरेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा पूरा गरेको छ। 

Kumaribank

पोखराका लागि सुतिम महतोले ७६ रन,  कप्तान उपुल थरंगाले ५८ रनको अर्धशतकीय योगदान गरे। काठमाडौंका लागि कमलसिंह ऐरीले ३ विकेट लिए भने अनिल खरेल र अभिनाश बोहराले समान १ विकेट लिए। 

काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई १६५ रनको लक्ष्य दिएको छ। त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो।

काठमाडौंका लागि एलेक्स ब्लेकले ६४ रन, सुनाम गौतमले ४५ तथा वीरनदीप सिंहले ३२ रन बनाए। पोखराका लागि तुलबहादुर थापाले २ तथा प्रतिश जिसी र कुशल मल्लले समान १/१ विकेट लिए।

प्रकाशित: Jan 02, 2023| 15:39 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।