शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल बाघको संख्या ‌‌‌‌‌‌‌‌‌‌दोब्बर बनाउने अग्रणी मुलुक

नेपाल बाघको संख्या ‌‌‌‌‌‌‌‌‌‌दोब्बर बनाउने अग्रणी मुलुक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बाघ संरक्षणमा पाएको सफलतासँगै नेपाल बाघको संख्या ‌‌‌‌‌‌‌‌‌‌दोब्बर बनाउने अग्रणी मुलुक बन्ने भएको छ। राष्ट्रिय संरक्षण दिवसको अवसरमा आइतबार नेपालले सन् २००९ को एक सय २१ वटाबाट अहिले करिब दुर्इ सय ३५ जंगली बाघ पुगेको घोषणा गरिएको छ। नेपालमा प्राकृतिक वासस्थान मै बाघलाई संरक्षण गर्दै यो उपलब्धी हासिल भएको हो ।

वल्ड वाइल्ड लाइफ फण्ड नेपालले जारी गरेको विज्ञप्तीमा सन् २०२२ सम्ममा जंगली बाघको संख्या दोब्बर बनाउने सेन्ट पिटर्सवर्ग विश्व बाघ सम्मेलन २०१० ले निश्चित गरेको लक्ष्य भेट्टाउने पहिलो मुलुक नेपाल बन्ने उल्लेख छ।

तराईको जंगल छेत्रमा नेपालले नोभेम्बर २०१७ देखि अप्रिल २०१८ सम्म गरेको बाघ गणना अभियान संचालन गरेको थियो । सन् २०१३ मा गरिएको बाघ गणनामा कुल एक सय ९८ वटा बाघ भेटिएको थियो ।

वल्ड वाइल्ड लाइफ फण्डको नेपालस्थित प्रतिनिधि डा. घन एस गुरुङले बाघको संख्या दोब्बर बनाउने लक्ष्य भेटाउन नेपाल थोरै मात्र पछि रहेको बताए । उनले भने,बाघको बासस्थानको सुरक्षाका लागि बनाउँदै यो लक्ष्य पुरा गर्न अभियानमा सबै को सक्रिय ‌‌‌‌‌‌‌‌‌‌योगदान आवश्यक छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।