आइतबार, साउन १७, २०८३

परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने, स्यानिटाइजेसन अनिवार्य

'परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिस भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्ने,' आदेशमा भनिएको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौ- काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्दा एक हलमा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाइने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा आगामी भदौ ८ सम्म लागू हुने गरी जारी गरेको आदेशमा उक्त व्यवस्था उल्लेख छ। 

'परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिस भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्ने,' आदेशमा भनिएको छ। 

यस्तै एक सिफ्टको परीक्षा सकिएपछि अर्को सिफ्टमा विद्यार्थी राख्नुअघि परीक्षा हल स्यानिटाइज गर्नुपर्ने समेत आदेशमा भनिएको छ। 

सबै परीक्षा हलमा कम्तीमा दुई मिटरको भौतिक दुरी कामय हुने व्यवस्था गर्नुपर्ने र स्वास्थ्य सुरक्षा उपायको पूर्णरूपमा कार्यान्वयन गर्न समेत प्रशासनको आदेश छ। 

प्रकाशित: Aug 10, 2021| 15:38 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्