काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा)लाई बंगबन्धु गोल्डकपबाट बाँकी रकम प्राप्त भएको छ । दुई वर्षअघि बंगबन्धु गोल्डकपको च्याम्पियन बनेपछिको पुरस्कार रासिको आधा रकम प्राप्त गरेको हो ।
यसअघि नेपालले दुई वर्ष वित्दासम्मा आधा रकम २५ हजार डलर मात्रै प्राप्त गरेको थियो । बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने २५ हजार अमेरिकी डलर एन्फाको खातामा जम्मा गरिदिएको एन्फाले जनाएको छ ।
यससँगै नेपालले अक्टोवर १ तारिखबाट शुरु हुने बंगबन्धु गोल्डकप खेल्ने निश्चित भएको छ । एन्फाले बाँकी रकम प्राप्त नभए अबको संस्करणमा भाग लिने बताएको थियो ।
च्याम्पियन नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ । नेपालले ताजकिस्तानसँग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइसँग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४