मंगलबार, पुस १, २०८२

लेन्ससँग पिएसजी पराजित

पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ। फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमडौं- पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ। फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो। 

National life

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो। केलियन एम्बाप्पले पुरा समय खेलेपछि आफूलाई प्रमाणित गर्न सकेनन्। 

दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ। क्रिस्टोफ गाल्टियरको पिएसजी भन्दा लेन्स जम्मा चार अंकले पछि छ। लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरेभने एक गोलको अवसर सृजना गरेका थिए। 

खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए। हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए। २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए। दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए। 

यस अघि पिएसजी मार्च २० मा मोनाकोसँग ३–० ले पराजित भएको थियो। १० दिनपछि पिएसजीले च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 02, 2023| 08:59 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।