मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल टी–२० लिग : सुधारिँदै पोखरा, माथि उठ्ने प्रयासमा युनाइटेड

नेपाल टी–२० लिग : सुधारिँदै पोखरा, माथि उठ्ने प्रयासमा युनाइटेड

काठमाडौंको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज दुई खेल हुँदैछन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– काठमाडौंको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सको सामना गर्दैछ। काठमाडौंमा जारी प्रतियोगितामा आज पोखरा तेस्रो जितको खोजिमा रहेको छ।

National life

पोखराले सुरुका पाँचै खेल गुमाएको थियो। तर फारवेस्टसँगको खेलमा जित निकालेपछि उसले दुई खेलमा जित निकालेर चार अंक बनाएको छ। यता काठमाडौंको भने छ अंक रहेको छ। काठमाडौंले सुरुको खेलमा पोखराको सामना गरेको थियो। त्यो खेलमा उसले २६ रनको जित निकालेको थियो।

त्यसैले आज पोखरा त्यो जितको बदला लिने भावनामा हुनेछ। पोखराले सुरुमा कमजोर प्रदर्शन गरेर पछिल्लो समय उसको प्रदर्शनमा सुधार हुँदै आइरहेको छ। र, अघिल्लो खेलमा उसले लिगलिडर लुम्बिनी अलस्टारलाईसमेत हराइसकेको छ। यता, काठमाडौंले अहिलेसम्मका पाँच खेलमा तीन जित निकालेको छ।

उसको चाहिँ प्रदर्शन स्थिर रहेको छ। उसले फार वेस्ट र लुम्बिनीसँग हारेको छ। त्यसैले आज एभेन्जर्सलाई हराउँदै अंक तालिका सुधार गर्ने दाउमा रहेको छ। यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ।

त्यस्तै दिउँसो सवा १ बजे सुरु हुने खेलमा चाहिँ फार वेस्ट युनाइटेडले जनकपुर रोयल्सको सामना गर्दैछ। अहिले जनकपुर तालिकाको दोस्रो स्थानमा छ भने फारवेस्ट चाहिँ तालिकाको पुछारमा रहेको छ। जुकपुरले अहिलेसम्म छ खेलमा दुई खेलमा मात्र हार बेहोरेको छ।

Laxmi sunrise bank
kumari

उसले फार वेस्टलाई अघिल्लो खेलमा ८ विकेटले हराएको थियो। याहि लय जनपुर यो खेलमा पनि समाउन चहान्छ। तर जनपुरले हिजोको खेलमा राम्रो प्रदर्शन गर्न सकेन्। जहाँ ऊ काठमाडौंसँग ९० रनमै रोकिएको थियो र ९० रनकै ठूलो हार बेहोरेको थियो।

तर त्यो हारले उसलाई पाठ सिकाएको छ। जनकपुरले दुवै पटक काठमाडौंसँग नै हार बेहोरेको हो। उसले पोखरा, विराटनगर र फारवेस्टलाई हराइसकेको छ। तर प्रतियोगितामा सबैभन्दा बलियो देखिएको लुम्बिनीसँग जनकपुरले दुवै खेल खेल्न बाँकी नै छ।

तालिकामा अहिलेसम्म लुम्बिनी सात खेलबाट १२ अंकका साथ शीर्षस्थानमा रहेको छ। लुम्बिनीले चाहिँ यसअघि एक खेलमा पोखरासँग हार बेहोरेको थियो।

प्रकाशित: Jan 02, 2023| 07:38 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।