शुक्रबार, साउन १, २०८३

अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं-एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोको अन्तिम खेलमा नेपालले मलेसियासँग ४-४ गोलका बराबरी खेलेको छ । हल्चोकस्थित एपीएफ क्लबको मैदान भएका खेलमा दुबै टोलीले बराबरी खेलेको हो  । 

नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक-एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो । मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गर्दा नरुल नबिला र विटी तामिङले एक गोल गरिन् । 

यस्तै मलेसियाको लागि तामिङले नै आत्मघाती गोल गरेकी थिइन् । योसँगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले १ अंक जोड्दा मलेसियाले पनि अन्तिम खेलमा आएर १ अंक जोडेको छ । 

अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय बेहोरेका थिए । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल म्यानमारसँग ११-१ ले पराजित भएको थियो । 
मलेसिया पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो । यस छनोटबाट म्यानमारले दोस्रो चरणको छनोटमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५-१ ले हराएर म्यानमारले उपाधि जितेको हो । 

म्यानमारले ३ खेलबाट ९ अंक जोड्यो र म्यानमारले अपराजित रहदै दोस्रो चरणको छनोटमा स्थान बनाएको छ । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो ।  फिलिपिन्सको पनि उत्कृष्ट २ उपविजेता बन्दै दोस्रो चरणको यात्रा तय गर्ने सम्भावना छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।