शुक्रबार, फागुन १, २०८२

पोखरा गोल्डकपमा मछिन्द्रलाई हराउँदै चर्च बोइज सेमीफाइनलमा

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा लिगविजेता मछिन्द्र क्लबलाई हराउँदै चर्च बोइज सेमीफाइनलमा पुगेको छ। आइतबार सम्पन्न क्वार्टरफाइनलमा खेलमा चर्च बोइजले ३–१ को जित निकालेको हो।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा लिगविजेता मछिन्द्र क्लबलाई हराउँदै चर्च बोइज सेमीफाइनलमा पुगेको छ। आइतबार सम्पन्न क्वार्टरफाइनलमा खेलमा चर्च बोइजले ३–१ को जित निकालेको हो।

National life

गत सिजन बि डिभिजन बाट बढुवा भएर ए डिभिजनमा पुगेको चर्च बोइजले अहिले नेपाली स्टार खेलाडी बटुलेर टिम बनाइसकेको छ। उसले अन्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशीजस्ता राष्ट्रिय टिमका खेलाडी बटुलिरहेको छ।

आजको खेलमा चर्च बोइजलाई जित दिलाउनका लागि आशिष चापागाईंले दुई गोल गरे। आशिष चौधरीले एक गोल गरेका छन्। खेलमा मछिन्द्रका सौरभ सुब्बाले एक गोल निर्धारित समयको एक मिनेट बाँकी रहँदा फर्काएपछि खेलको नतिजा ३–१ मा टुंगिएको थियो। 

चर्च बोइज क्लबले यो वर्ष पहिलो पटक यो गोल्डकप खेलेको हो। नेपालमा लिगसमेत लगतार सञ्चालन नहुँदा लगातार आयोजना भइरहेको मोफसलको प्रतिष्ठित प्रतियोगिता हो आहा रारा गोल्डकप। अहिले यसमा पोखरा थपिएर आहा रारा पोखरा गोल्डकप भएको छ।

यसअघिको खेलमा धरानलाई हराउँदै विभागीय टिम एफिएफ पनि समीफाइनलमा पुगिसकेको छ। चर्च बोइजले चाहिँ आफ्नो पहिलो खेलमा विभागीय टिम पुलिसलाई हराउँदै क्वार्टरफाइनलको यात्रा गरेका थिए। उक्त खेलमा नेपाली स्टार खेलाडी अन्जन विष्टले डेब्यु गोलसमेत गरेका थिए।

Laxmi sunrise bank

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक सहारा क्लबलाई हराउँदै धरानले विजय निकालेको थियो। अहिले धरान पनि बाहिरिसकेको छ।

प्रकाशित: Jan 01, 2023| 18:00 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।